spot_img
spot_img
spot_img

ताइवानको राष्ट्रपति चुनावअघि चीनद्वारा सैन्य शक्ति प्रदर्शन

spot_img

एजेन्सी ।

ताइवानले चीनले आफ्नो क्षेत्रमा लडाकु विमान र नौसैनिक जहाज पठाएको जनाएको छ। ताइवानमा राष्ट्रपतीय निर्वाचन हुन तीन साता बाँकी रहेका बेला चीनले यस्तो कदम चालेको हो । चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्छ र विगतमा ताइवानको चुनावअघि धेरै पटक आफ्नो सैन्य क्षमता प्रदर्शन गरिसकेको छ। यसैबिच, चीनले शुक्रबार ताइवानबाट ग्रूपर माछा (माछाको एक जात) निर्यातमा प्रतिबन्ध हटाउने निर्णय गरेको छ।

कतिपय विश्लेषकहरूले ताइवानलाई लिएर चीनले एकैसाथ कठोरता र कोमलताको नीति देखाएको विश्वास गर्छन्। ताइवानको राष्ट्रपतीय चुनावमा उम्मेदवारहरू चीनसँग कसरी व्यवहार गर्ने भन्ने कुरामा भिन्न छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img