बुटवल ।
गुल्मिमा एक महिनादेखि हराएका व्यक्ति मृत अवस्थामा फेला परेका छन् । रेसुंगा नगरपालिका-७ का ६२ वर्षीय चेतमान चुँदारा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
चुँदाराको शव अर्जुन डाँडाको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताए । चुँदारा गत मंसिर १ मा घरबाट केही नभनी हिँडेका थिए । उनको खोजी गरिदिन परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए ।
चेतमानको शव पोष्टमार्टमका लागि गुल्मी अस्पातलमा ल्याउने तयारी भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।