मेष : आर्थिक पक्षमा वृद्धि हुनेछ । बोलिको प्रभाव राम्रो हुँदा विग्रिन लागेको काम पनि छिट्टै बन्नेछ । सकेसम्म आफैले अगाडी बढेर जिम्मेवारी पूरा गर्नुहोला।तपाईको वचन अकाट्य हुनेछ।
बृष :पराक्रममा वृद्धि हुदा गरेको काममा सफलता मिल्नेछ । विदेशी क्षेत्रसँग सम्बन्धित काममा अगाडी बढ्नलाई समय शुभ रहेको छ । प्रेम सम्बन्धको लागि राम्रो समय छ ।
मिथुन: अनावश्यक काममा फस्ने समय छ अल्लि सचेत भएर अगाडी बढ्नु होला । योजना गरेका काममा सफलता मिल्न कठिन छ । शत्रुको भय बढ्नेछ । धेरै कुनै एउटै काममा अलमल गर्नु अनुचित हुनेछ।
कर्कट : यात्राको अवसर जुर्नेछ । धन प्राप्ति गर्न राम्रो समय रहेको छ । व्यापारमा वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार आँउनेछ । पशुपक्षी खरिदको कार्यमा उचित लाभ मिल्न सक्छ।
सिंह : कामबाट अरुको मन जित्ने समय रहेको छ । लामो समयसम्म बन्न नसकेको कामहरु सजिलै बन्ने छ। आफन्तहरुसँग भेटघाट गर्ने मौका मिल्नेछ । ब्याबाहारिक तनाबबाट मुक्ती मिल्ने समय छ।
कन्या : समय संगै भाग्य पनि बलवान् देखिन्छ। शुभकार्यबाट दिनको थालनी हुने देखिन्छ।शुभ समाचार एवम इनाम मिल्ने समय रहेको छ । पूजा तथा देवालयको दर्शन गर्न उत्तम समय छ । दिनदु:खीलाई दान आदि गरे उत्तम हुनेछ।
तुला :धन हानी हुन सक्ने हुदा अल्लि सचेत रहनु पर्ने हुन्छ । । बोलीको कारणले गर्दा सम्बन्धमा समस्या बढ्न सक्छ सर्तक रहनु होला । टाउको दुख्ने समस्या देखा पर्न सक्छ।
बृश्चिक :वैवाहिक सम्बन्धमा सुधार आउँनेछ । पार्टनरशिपमा गरको काममा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रबाट रकम हात पर्नेछ । मनमा मनोरञ्जनको भाव पैदा हुन सक्छ। केही समय ध्यान , योग गरे उत्तम हुनेछ।
धनु : न्यायमिल्ने समय रहेको छ । राजनैतिक क्षेत्रमा समय राम्रो भएकाले अगाडी बढ्दा सफलता मिल्नेछ । प्रतिशपर्दामा भागलिदा राम्रो नतिजा आउँनेछ ।ऋण मुक्त हुने प्रयास गरे सफल हुनेछ।
मकर : रोमाञ्चक प्रस्तावहरु सुनिनेछन । मनोरञ्जनात्मक कार्य समय बित्नेछ । क्षमता प्रदर्शन गर्ने राम्रो समय छ भने आफ्नो योग्यता देखाउने समय रहेको छ ।समय निकै राम्रो छ योजना तथा बिकास निर्माण कार्यको थालनीका लागि उत्तम ।
कुम्भ : घरपरिवारसँगको सम्बन्धमा समस्या आउँनेछ । साथीहरुको कारणले गर्दा समस्या बढ्नेछ । स्वास्थ्यमा केही समस्या आउँन सक्छ सकरात्मक सोच राखेर अगाडी बढ्नु होला ।
मीन : मन प्रशन्न हुनेछ साथै आफू लागिपरेर गरेको काममा पनि सफलता मिल्नेछ । सामाजिक सम्बन्धहरु राम्रो हुदै जानेछ । नयाँ योजना बन्ने समय छ । हिसाब मिलानमा बिशेष ध्यान दिनुहोला अन्यथा पछि झमेला आईलाग्ने छ।
नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।