spot_img
spot_img
spot_img

अवैध रुपमा मदिरा भित्रिदा व्यवसाय सञ्चालनमा समस्या भएको व्यवसायीको गुनासो

spot_img

रुपन्देही ।

अवैध रुपमा मदिरा भित्रिदा व्यवसाय सञ्चालनमा समस्या आएको व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले भारतबाट अवैध रुपमा नेपाल भित्रिने मदिराका कारण व्यवसायीलाई मात्र नभएर राजस्वमा समेत असर परेको बताएका हुन ।

मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनमा बोल्दै व्यवसायीहरुले अवैध मदिरालाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छ्न । शुक्रबार भैरहवामा भएको कार्यक्रममा बोल्दै मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले व्यवसायलाई व्यवस्थित गर्न संघले अग्रणी भूमिका निर्वाह गरेको बताउनु भएको छ ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोखरेलले मदिरा व्यवसायी संघ भैरहवाले रचनात्मक कार्य गर्दै आएको बताउनु भएको छ। मदिरा व्यवसायी संघ पाल्पाका अध्यक्ष अवैध रुपमा आयात हुने मदिरामा रोक लगाउनुपर्ने बताउनु भएको छ।

कार्यक्रममा मदिरा व्यवसायी संघ, भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले अध्यक्षको प्रतिवेदन, महासचिव केशव कुँवरले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष यादव पोखरेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

संघका अध्यक्ष ज्ञवालीको अध्यक्षता, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलाको प्रमुख आतिथ्यता, मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शम्भु भट्टराईको विशिष्ट आतिथ्यता, मदिरा व्यवसायी संघ भैरहवाका वरिष्ठ उपाध्यक्ष बाबुराम पाण्डेको स्वागत तथा महासचिव केशव कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img