चितवन ।
चितवनको दुर्गम पहाडी भेगमा रहेकाे चेपाङ बस्तीमा (होमस्टे) सञ्चालनमा आएको छ । विदेशी पर्यटक भित्र्याउने उद्देश्यले सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हुँदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने दुई चेपाङ बस्तीमा घरबास सञ्चालनमा ल्याइएकाे इच्छाकामना–२ तोवाङका तिलु चेपाङले जानकारी दिनुभयो ।
इच्छाकामना–२ तोवाङ र इच्छाकामना– १ भाराङमा चेपाङ घरबास सञ्चालनमा ल्याइएको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । यसबाट पर्यटकको आवागमन बढेसँगै चेपाङ समुदायको आयस्तर वृद्धि हुने समेत अपेक्षा गरिएकाे छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??