बुटवल ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको बुटवलमा सनातन धर्मावलम्बीले पुत्ला दहन गरेका छन । गत पुस ५ गते काठमाडौंमा भएको क्रिसमस महोत्सवमा मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधान नमान्नु सरह भएको र संविधान मान्दिनँ भन्नेहरू देशद्रोही भएको अभिव्यक्ति दिएसङ्गै उनको अभिव्यक्तीलाई लिएर निकै नै आलोचना भएको थियो । बुटवलमा सोहि अभिव्यक्ती विरुद्ध मन्त्री किरातीको पुत्ला दहन गरेका हुन ।
प्रदर्शनकारीहरुले वर्षौंदेखि मिलेर बसेका जातजाति, भाषाभाषी र धर्मावलम्बीहरूका बीचमा मन्त्री किरातीको अभिव्यक्तिले वैमनश्यता ल्याएको भन्दै मन्त्री पदबाट राजीनामा दिनुपर्ने माग समेत गरेका छन ।




