बुटवल ।
देवदह आदर्श बहुमुखी क्याम्पसको अध्यक्षमा वासुदेव रिमाल निर्वाचित भएका छन् । देवदह आदर्श बहुमुखी क्याम्पसकाे सोमबार सम्पन्न १५ औं साधारण सभा तथा छैठौं क्याम्पस सभा वाट निवर्तमान संचालक समितिका उपाध्यक्ष रिमाल सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उपाध्यक्ष लगायत अन्य संचालक समिति भने यहि १९ गते बस्ने बैठकले टुङ्गो लगाउने बताइएको छ ।
यस अघि क्याम्पस सभाको औपचारिक कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले संघीय शिक्षा ऐन नबन्दा शिक्षाको विकासमा समस्या भएको बताउनुभयो । शिक्षा ऐन प्रदेश र स्थानीय तह संग छलफल गरेर सवैको अपनत्व हुनेगर्री काम अगाडि बढिरहेको बताउनुभयो ।
उहाँले कमजोरीलाई सच्चाउदै सवल पक्षलाई थप सृढृतकरण गर्दै अगाडि बढ्नु पर्ने बताउदै देवदह आदर्श बहुमुखी क्याम्पसलाई उत्कृष्ट बनाउन सवैको साथ र सहयोग आवश्यक रहेको औल्याउनु भयो । सांसद विश्वकर्माले रुपन्देहीको क्षेत्र नम्वर १, अन्तरगत रहेका विद्यालयको समस्या समाधान गर्न सवै जनप्रतिनिधिहरु मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो।