spot_img
spot_img
spot_img

माओवादी केन्द्रको तीन महिने विशेष रूपान्तरण अभियानको देवदहमा समापन

spot_img

देवदह ।

नेकपा (माओवादी केन्द्र)ले संचालन गरेको तीन महिने विशेष रूपान्तरण अभियानको देवदहमा समापन गरिएको छ । सोमबार एक कार्यक्रमबीच अभियानको लागि केन्द्र र प्रदेशबाट सहभागी नेतृत्वलाई कार्यक्षेत्रबाट विदाई गर्दै माओवादीले अभियानको औपचारिक समापन गरेको हो ।

देवदह नगरस्तरिय समिक्षा बैठकको ब्यानरमा आयोजित समापन कार्यक्रममा बोल्दै अभियानको लागि पार्टी केन्द्रबाट देवदह कार्यक्षेत्रमा आएका केन्द्रिय सदस्य सिता बौडेलले जनयुद्धकालमा देवदहमा काम गरेका साथीहरूसँगको भेटले आफुलाई गम्भीर बनाएको भन्दै भावुक बनिन ।

संविधानसभा सदस्य समेत रहेकी बौडेलले हलमा यसो भनिरहँदा हल नै गम्भीर बनेको बैठकमा सहभागी एक माओवादी कार्यकर्ताले बताए । सो अवसरमा नेत्री बौडेलले देवदहमा पार्टी कमजोर नभएको तर नगर नेतृत्वको टिमवर्कमा आफुले समस्या देखेको भन्दै एकताबद्ध भएर मेहनत गरेको अवस्थामा अहिलेपनि तीनदेखी चार वटा वडा माओवादी एक्लै जित्न सक्ने आफुले देखेको बताईन् ।

सो अवसरमा पार्टी जिल्लाबाट अभियानको लागि देवदहमा खटिएका पार्टी जिल्ला सचिव सन्तप्रसाद यादव लगायतलाई अभियानमा खटिएकोमा आभार सहित सम्मान गरिएको थियो।

घरघरमा माओवादी, जनजनमा माओवादी, मनमनमा माओवादी नारा सहित देवदहमा भदौ ६ गतेबाट सुरू भएको अभियानका क्रममामा ८५२ जना नयाँ पार्टी सदस्य थपिएको र अभियानले पार्टी कार्यकर्ता र जनामा उत्साह ल्याएको पार्टीका देवदह नगर अध्यक्ष गोविन्द ठटराईले बताए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img