बुटवल ।
रुपन्देहीको देवदह नगरपालिका वडा नं १ का ७० वर्ष माथिका जेष्ठ नागरिक तथा फरक क्षमता भएकालाई न्यानो कपडा वितरण गरिएको छ । देवदह नगरपालिका वडा नं १ को चालु आ.व २०८०/८१ मा स्वीकृत कार्यक्रम अनुसार ७० वर्ष माथिका ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुलाई एक समारोहका विच न्यानो कपडा स्वरुप स्विटर, ज्याकेट र सल वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं १ का वडा अध्यक्ष दिपक नेपालले अपाङ्गता भएकाहरुलाई सम्मानसहित न्यानो कपडा वितरण गरिएको बताउनुभयो । वडा अध्यक्ष नेपालले विगतमा थुप्रै सिपमुलक कार्यक्रमहरु गरेता पनि सिप सिकेर त्यसलाई व्यवहारमा कसैले नउतारेको गुनासो गर्दै अबका दिनमा जनतालाई कसरी हुन्छ प्रत्यक्ष फाईदा हुने कार्यक्रम आयोजना गर्नुपर्ने बताउनुभयो । साथै टोल विकास संस्थाका अध्यक्ष तथा स्थानीयसंग वडा विकासका लागि सुझाव माग्दै आफु सधै सहकार्य गर्दै अघि बढ्ने उहाले बताउनुभयो ।
सोहि वसरमा बोल्दै वडा सदस्य आविद अलि फकिर, विर्ता पुर्वटाेल विकास संस्थाका अध्यक्ष राम बहादुर शाही लगाएतले जेष्ट नागरिक तथा फरक क्षमता भएकालाई न्यानो कपडा वितरण गरिदिएर रचनात्मक भएको बताए।