बुटवल ।
रुपन्देहीको बुटवलमा बसले ठक्कर दिंदा साईकल यात्रीको ज्यान गएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नं. को बसले साईकलयात्रीलाई ठक्कर दिदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।
मंगलबार दिउंसो ३ वजेतिर बुटवलको मिलनचोकमा दुर्घटना भएको थियो । दुर्घटनामा परी साईकलयात्री एक जना पुरुषको घटनास्थल मै मृत्यु भएको हो । उनको पहिचान खुल्न सकेको छैन । ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रमा लिएको छ । प्रहरकिा अनुसार मृतकको शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??