काठमाडौं ।
न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । परिषद्को बुधबार बसेको बैठकले न्यायाधीश नियुक्त गर्ने निर्णय गरेसङ्गै ३९ जना न्यायधिशलाई नियुक्त गरेको हो ।
उच्च अदालनको न्यायाधीशमा नियुक्ति पाउनेहरुमा जिल्ला न्यायाधीशबाट २६ जना, कानुन व्यावसायीबाट ९ जना र कर्मचारीबाट चार जना रहेका छन् । यसैगरी न्याय परिषद् बैठकले उच्च अदालतका १६ जना न्यायाधीशको सरुवा पनि गरेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??