spot_img
spot_img
spot_img

इरानी सैन्य कमान्डर कासिम सुलेमानीको चिहान नजिकै विस्फोट, कम्तीमा ७३ जनाको ज्यान गयो

spot_img

एजेन्सी ।

इरानको रिभोलुशनरी गार्ड्सका जनरल कासिम सुलेमानीको चौथो स्मृति दिवसका दिन उहाँको चिहान नजिकै भएका दुई वटा विस्फोटमा कम्तीमा ७३ जनाको ज्यान गएको छ ।

सुलेमानीको स्मृति दिवसमा केरमन सहरको साहेब अल–जमान मस्जिद नजिकै भइरहेको कार्यक्रममा विस्फोट भएको बीबीसीले जनाएको छ । इरानको राष्ट्रिय सञ्चारमाध्यम एरिबले विस्फाेटमा अरू एक सय ७० जनाभन्दा धेरै जना घाइते भएका जनाएको छ । सन् २०२० मा छिमेकी इराकमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका सुलेमानीको सम्झनामा आयोजित समारोहमा सयौँ मानिस चिहानतर्फ जाँदै गर्दा विस्फोट भएको हो ।

सुलेमानीलाई इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईपछि सबैभन्दा शक्तिशाली व्यक्तित्वका रूपमा हेरिन्थ्यो । सन् २०२० मा उहाँको हत्याको आदेश दिने तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सुलेमानीलाई विश्वकै एक नम्बर आतङ्ककारीको संज्ञा दिनुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img