spot_img
spot_img
spot_img

इरानी सैन्य कमान्डर सुलेमानीको चिहान नजिकै भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ९५ पुग्यो

spot_img

काठमाडौं ।

इरानका जनरल कासिम सुलेमानीको चौथो स्मृति दिवसका दिन उहाँको चिहान नजिकै भएका दुईवटा विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ९५ पुगेको छ । हिजो भएको विस्फोट लगत्तै कम्तीमा ७३ जनाको ज्यान गएको पुष्टि भएको थियो ।

सुलेमानीको स्मृति दिवसमा केरमन सहरको साहेब अल–जमान मस्जिद नजिकै विस्फोट भएको हो । घटनामा अरु एक सय ५० जनाभन्दा धेरै घाइते भएका छन् । सन् २०२० मा छिमेकी इराकमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका सुलेमानीको सम्झनामा आयोजित समारोहमा सयौँ मानिसहरू चिहानतर्फ जाँदै गर्दा विस्फोट भएको बीबीसीले जनाएको छ ।

सुलेमानीलाई इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेइपछि सबैभन्दा शक्तिशाली व्यक्तित्वका रूपमा हेरिन्थ्यो । सन् २०२० मा उहाँको हत्याको आदेश दिने तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुलेमानीलाई विश्वकै एक नम्बर आतङ्ककारीको संज्ञा दिनुभएको थियो ।

केरमन प्रान्तका उप–गभर्नरले यो घटनालाई आतङ्कवादी आक्रमण भएको टिप्पणी गर्नुभएको छ । तर कसले विस्फोट गराएको हो भन्ने अहिलेसम्म यकिन भएको छैन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img