काठमाडौं ।
मेलम्ची खानेपानी आयोजना मर्मतको काम अन्तिम चरणमा पुगेको छ । बाढीले क्षतिग्रस्त भएको संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको र अहिलेसम्म ७० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ।
अबको १० दिनभित्र काम सम्पन्न हुने आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताउनुभयो । उहाँले सरकारको लक्ष्यअनुसार नै पानी पथान्तरणका लागि तीव्र गतिमा काम भइरहेको पनि बताउनुभयो ।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले दीर्घकालीन रुपमा काठमाडौँमा पानी पुर्याउने गरी काम गरिरहेको बताउनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??