काठमाडौं ।
नेपाल र भारत सरकारबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बिहीबार मन्त्रालयमा आयोजित सचिवस्तरीय बैठकमा बिजुली किनबेचका लागि दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरिएको छ ।
सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले १० हजार मेगावाट बिजुली किनबेचको सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??