काठमाडौं ।
साताको अन्तिम कारोबारको दिन आज बिहीबार शेयर बजार घटेर बन्द भएको छ । बजार परिसूचक नेप्से ८ अंकले घटेर २ हजार ४९ मा थामिएको हो । बिहीबार कारोबारमा आएका १ सय १३ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने १ सय २८ कम्पनीको मूल्य घटेको छ ।
बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । बिहीबार ३ सय ३ कमप्नीको १ करोड ६० लाख ५२ हजार कित्ता शेयर ५ अर्ब ५८ करोड रुपैयाँ बराबरमा खरीद बिक्री भएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??