मेष : आकास्मिक यात्रा हुन सक्नेछ। कुनै पौराणिक एवम अलौकिक बिषयमा केही जानकारी प्राप्त हुनेछ। कुनै सभा एवम बिशेष छलफलमा सहभागी हुने देखिन्छ। भाग्य बलवान् भएकाले राम्रो खबर सुनेर दिनको सुरुवात हुनेछ।
बृष : स्वास्थ्यमा समस्या देखा पर्न सक्छ एवम दीर्घकालीन औषधि सेवन गर्नुपर्ने समेत हुन सक्छ। एक्लो यात्रा नगर्नु होला। पुराना झमेलाले सताउन सक्छ । लुकाएका कुराहरु बाहिरन सक्छ।
मिथुन : सम्बन्ध अझ प्रगाढ बन्नेछ। विवाहका लागि राम्रो योग बनेको छ। दक्षिणी भेगबाट साझेदारीको कुरा आउन सक्छ । अन्योलमा रहेकालाई सहयोग गर्ने अवसर मिल्नेछ।दिनको अन्त्यमा मन चंचल हुनेहुदा रमाईलोमा समय बित्ने छ ।
कर्कट : बेरोजगार रहेकालाई काम खोज्न वा जागिर प्राप्तीका लागि दिन अती शुभ रहेको छ। कागजी , सरकारी काम वा न्यायिक क्षेत्र संग सम्बन्धित काम सफल हुनेछ। अलिक रिस बढ्ने हुदा ध्यान दिनु होला। अनावश्यक तर्क नगरे शुभ हुनेछ।
सिंह : बौद्धिक तर्कले अरुको मन जित्ने समय छ। रुचि राखेका एव्म खोज गरेका बिषयले सार्थकता प्राप्त गर्ने छ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ। मन भन्दा बुद्धिको प्रयोगले काम लिए उत्कृष्ट नतिजा हासिल हुनेछ।
कन्या : अरुको कुरा सुन्दै र अनावश्यक बिबाद गर्दै दिन बित्नेछ।घरायसी काममा समय खर्चिनु पर्ने हुनसक्छ। यात्रा नगर्दा नै उत्तम हुनेछ।मित्रहरुबाट घात हुन सक्छ। वाहान लाभको समय रहेको छ खरिद गर्दा उत्तम हुनेछ।
तुला : अरुको लागि बोल्नु पर्ने छ साथै आफ्ना तर्कले कसैको भलो हुनेछ। दोहोरो यात्रा हुन सक्छ। मित्रजनको सहयोग ले काम बन्नेछ। दाजुभाईका लागि खर्चिनु पर्ने समय रहेको छ। रचनात्मक काममा दिन बित्नेछ।
बृश्चिक : आफन्तजन र पाहुनाको सतकारमा समय बित्न सक्छ। लामो समय पछि चेलिबेटी एवम नातेदार संग भेट हुनसक्छ। कसैलाई आफ्नो सबै कुरा सुनाउदा पछि धोका हुने हुदा बिचार पुर्याउनु होला। पुराना हिसाब मिलान हुनेसमय छ । दिनको तेस्रो प्रहर संगै मिष्ठान भोजन प्राप्त हुनेछ।
धनु: स्वास्थ्य समस्या हत्ने छ। रोकिएको काम बन्नेछ भने नयाँ कामका लागि योजना बन्नेछ। बैंक तथा बित्तिय संस्थाका बिशेष ब्यक्ती संग सम्पर्क हुनसक्छ। उत्तरको यात्राले शुभ फल दिलाउने छ।आत्मबल वृद्धि हुदा धेरै कार्यमा सहजता मिल्ने छ।
मकर : हराएको समाग्री एवम कागज पत्रको खोजीमा दिन बित्ने छ। वाक्क लाग्ने एवम थकान महसुस हुदा यात्रा नरमाईलो हुन सक्छ। वैदेशिक क्षेत्र सम्बन्धि कामहरु बन्नेछन ।केही समय धैर्य गरेर अगाडी बढेमा राम्रो हुनेछ।
कुम्भ : वैदेशिक क्षेत्रका लागि दिन एक्दम राम्रो रहेको छ। यात्रामा आनन्द मिल्नुका साथै नयाँ कुरा सिक्ने मौका मिल्नेछ।साथिभाइ भेटघाट एवम बिशेष सल्लाह ले थप उर्जा मिल्नेछ।दिनको सुरुवात संगै घ्यूमा बनाएको परिकार खाएर काममा जादा राम्रो हुनेछ।
मीन : कार्यक्षेत्रमा कुशलता को तारिफ हुनेछ। कसैको आकास्मिक बिबाहको खबर सुन्न मिल्ने छ।रोकिएका काम समापनको लागि समय एक्दम उत्तम रहेको छ । धार्मिक स्थान एवम कार्य को अनुसरण गर्ने अवसर मिल्नेछ। चित्त शान्त रहनेछ।
नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।