spot_img
spot_img
spot_img

नेकपा एमाले देवदह नगर कमिटिको विस्तारित बैठक सम्पन्न

spot_img

रुपन्देही ।

नेपाल कम्यूनिष्ट पार्टी ( एमाले ) देवदह नगर कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । पार्टीको विशेष नगर अधिवेशन कार्यदलका संयोजक धु्रवप्रसाद खरेलको अध्यक्षता र पार्टीका केन्द्रिय सचिव छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकले देवदह नगर कमिटीको विशेष नगर अधिवेशन माघ १३ गते गर्ने निर्णय गरेको छ । विशेष नगर अधिवेशनमा सहभागिको लागि १२ वटै वडामा एकै दिन छनोट गर्ने निर्णय गरेको छ । बैठकले प्रतिनिधि छनोटको लागि माघ ६ गते शाखा भेला गर्ने निर्णय गरेको संयोजक खरेलले जानकारी दिनु भयो ।

यसैगरी बैठकले विशेष नगर अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरेको उहाले जानकारी दिनु भयो । बैठकले अधिवेशन सम्पन्न गर्न अधिवक्ता डासीराम पाण्डेको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डल गठन गरेको छ । सो अवसरमा बोल्दै पार्टीका केन्द्रिय सचिव विश्वकर्माले पार्टीको नीति र विधिलाई कार्यान्वयन जिम्मेवारबोधका साथ गर्नुपर्नेमा जोड दिनु भयो । उहाले संगठन पार्टीका मेरुदण्ड भएकोले संगठन विस्तारलाई बढि महत्व दिएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो।

प्रतिनिधि सभा सदस्य समेत रहनु भएका नेता विश्वकर्माले नेतृत्वमा अनुशासनको आवश्यक रहेको औल्याउदै कार्यकर्ताहरुको योगदानले मात्र पार्टी अहिलेको अवस्थामा आएको बताउनु भयो । उहाले पार्टीले दिएको जिम्मेवारीलाई ईमान्दारीका साथ निभाउन आवश्यक रहेकोमा जोड दिनु भयो । बैठकमा पार्टीका पोलिट व्यूरो सदस्य दधिराम न्यौपाने, प्रदेश कमिटी सदस्य जानकी न्यौपाने, पार्टीका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, जिल्ला सचिव यज्ञप्रसाद गैरे लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यदलका सहसंयोजक एवं प्रदेश कमिटी सदस्य विद्यालक्ष्मी गुरुङ्गको स्वागत र देवदह ईन्चार्ज यम रानाको संचालनमा बैठक सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img