रुपन्देही ।
नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन। उनले मंगलबार पार्टी नेतृत्वलाई राजीनामा बुझाएका हुन् । अध्यक्षलाई संबोधन गर्दै लेखिएको राजीनामा सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।
राजीनामापत्रमा उनले पार्टीको सदस्यता र पार्टीले आफूलाई सुम्पेको केन्द्रीय कमिटी सदस्य र लुम्बिनी प्रदेश कमिटी सचिवको जिम्मेवारी निर्वाह गर्न असमर्थ भएकाले राजीनामा दिएको उल्लेख गरेका छन् ।
गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए । उनी गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं.२ बाट गठबन्धनको तर्फबाट उम्मेदवार समेत बनेका थिए । तर निर्वाचन आयोगले कालोसूचीमा रहेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।