spot_img
spot_img
spot_img

२ वर्षभित्र २० हजार कर्मचारी निकाल्दै सिटी ग्रुप

spot_img

काठमाण्डौ ।

अमेरिकी बहुराष्ट्रिय लगानी बैंक सिटी ग्रुपले हजारौँ कर्मचारीलाई कामबाट निकाल्दैछ । बैंकले विश्वभर रहेका आफ्नो कूल कर्मचारीमध्येबाट १० प्रतिशतलाई हटाउने भएको छ । यो योजनामा करिब २० हजार कर्मचारीले जागिर गुमाउने देखिएको छ ।

गएको वर्ष बैंकका हाकिम जेन फ्रेजरले गरेको पुनःसंरचनाको योजनाअन्तर्गत कर्मचारीहरुलाई निकाल्न लागिएको हो । २०२४ बैंकका लागि ‘टर्निङ प्लाइन्ट’ प्रमुख कार्यकारी अधिकारी (सीईओ) फ्रेजरले भनेका थिए । बैंकले सीमापारका केही व्यवसाय बेचिसकेको छ । सन् २०२३ को अन्तिम तीन त्रैमासमा बैंकले १ अर्ब ८० करोड डलरको घाटा बेहोरेको थियो । यो बैंकले कयौं वर्षयता बेहोरेको सबैभन्दा ठूलो घाटा थियो ।
सन् २०२३ को शुरुमा विश्वभर बैंकले २ लाख ४० हजारलाई जागिर दिएको थियो । सन् २०२५ वा २०२६ सम्ममा यो संख्या घटाएर १ लाख ८० हजारमा ल्याइने आशा गरिएको छ । बैंकको पुनःसंरचनाका लागि यो वर्ष मात्रै १ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ । तर मध्यकालीन अवधिमा यो पहलबाट बैंकले साढे २ अर्ब डलर बचाउनेछ । सिटी ग्रुप अमेरिकाको पाँच ठूला बैंकहरुमध्ये पर्दछ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img