spot_img
spot_img
spot_img

लियोनल मेस्सीलाई फिफा वर्ष खेलाडी अवार्ड

spot_img

एजेन्सी ।

अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड–२०२३ जितेका छन् । कीर्तिमानी रूपमा आठ पटकका बलोन डी’ओर अवार्ड जितिसकेका मेस्सीले मंगलबार बिहान लन्डनमा आयोजित समारोहमा तेस्रो पटक फिफा अवार्ड हात पारेका हुन् ।

तेस्रो पटक फिफा अवार्ड प्राप्त गर्ने क्रममा मेस्सीले नर्वेका अर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पारेका थिए । यसपटक फिफा वर्ष खेलाडीको अवार्ड जित्न ३६ वर्षीय मेस्सीले निकै सङ्घर्ष गर्नु परेको थियो । मेस्सीलाई अर्लिङ हालान्डले गतिलो चुनौती दिएका थिए । अन्तिम समयसम्म पनि मेस्सी र हालान्डको मत बराबर (४८ मत) थियो । तर, मेस्सीले राष्ट्रिय टोलीका कप्तानहरूबाट बढी मत (पहिलो रोजाइको मत) प्राप्त गरेका थिए । सोही कारणले उनले हालान्डलाई पछि पारेका थिए ।

सन् २०२३ को जुनमा अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध हुनुअघि उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट व्यावसायीक फुटबल खेल्थे । इन्टर मियामीमा आबद्ध हुनुअघि उनले पीएसजीका लागि नौ गोल गरेका थिए । पीएसजीले फ्रेन्च लिगको उपाधि पनि चुमेको थियो । यसैगरी इन्टर मियामीमा आबद्ध भएलगत्तै उनले क्लबलाई लिग्स कपको उपाधि पनि चुमाएका थिए । इन्टर मियामीलाई लिग्स कपको उपाधि दिलाउने क्रममा उनले क्लबका लागि सात खेलमा १० गोल गरेका थिए ।

अर्कोतिर, म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्ने २३ वर्षीय स्ट्राइकर हालान्डले अघिल्लो सिजन क्लबका लागि इङ्लिस प्रिमियर लिगमा मात्र कीर्तिमानी ३६ गोल गरेका थिए । त्यो अवधिमा खेलिएको सबै प्रतियोगितालाई मिलाउँदा हालान्डले क्लबका लागि कीर्तिमान ५२ गोल गरेका थिए ।

फ्रान्सेली खेलाडी एमबाप्पेले भने पीएसजीलाई फ्रेन्च लिगको उपाधि चुमाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् २०२२ को डिसेम्बर १९ देखि सन् २०२३ को अगस्त २० सम्म उनले क्लबका लागि १८ गोल गरेका थिए ।

राष्ट्रिय टोलीको कप्तानका रूपमा मेस्सीले ह्यारी केन, एमबाप्पे, मोहम्मद सलाह, एन्डी रोबर्टसन, एरोन रामसी र लुका मोड्रिचबाट पहिलो रोजाइको मत पाएका थिए । इल्की गुन्डोगन र कासेमिरोले भने हालान्डलाई आफ्नो पहिलो रोजाइमा पारेका थिए । राष्ट्रिय टोलीको कप्तानका रूपमा मेस्सीले पनि हालान्डलाई नै पहिलो रोजाइमा राखेका थिए । मेस्सीले आफ्नो दोस्रो रोजाइमा एमबाप्पेलाई राखेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img