spot_img
spot_img
spot_img

एक्लै बस्नुका फाइदा!

spot_img

काठमाडौँ ।

हिजोआज जिन्दगीमा खाली बस्नु, फुर्सदिलो हुने त सपना जस्तै भएको छ । हरेक मान्छे आ–आफ्नै भाग दौडमा व्यस्त छ । कोही आफ्नो काममा अल्झिएका छन्, कोही केमा । एक क्षण मात्रै फुर्सद भयो भने हामी कि फोन उठाएर चलाउन थाल्छौँ कि आसपासको संसारबाट आफूलाई पृथक् गरेर बस्छौँ । यस्तो समय आफैँलाई दिने हो भने हामी कयौँ चिन्ता र समस्याबाट मुक्त रहन सक्छौँ ।

दिनहुँको भाग दौडका कारण हामी चिडचिडे भएका हुन्छौँ । केही त डराउने र बेचैन रहन पनि थाल्छन् । यी सबै समस्याको उपचार भनेको आफ्नो साथमा एक्लै बस्नु नै हो । आफ्नो लागि समय निकाल्दा सामाजिक दबाबबाट मुक्त भइन्छ । आफ्नो विचार, भावना र अनुभव बुझ्ने मौका मिल्दछ । एक्लै रहनु हाम्रो व्यक्तिगत वृद्धि विकासका लागि पनि आवश्यक छ । अर्को व्यक्तिको आवश्यकता, रुचि र विचारबारे चिन्ता गर्नुको साटो एक्लै भएको समयमा आफ्नैबारे सोच्ने अवसर मिल्दछ ।

मान्छे सामाजिक प्राणी हो । सामाजिक सम्बन्धहरू हाम्रो विकासका लागि जरुरी छ । तर एक्लै समय गुजार्दा मानसिक स्वास्थ्यमा सकारात्मक असर पर्दछ । यसले हाम्रो सृजनशीलतालाई बढाउँछ । जो मान्छे एक्लै बस्छ उनीहरूको सामाजिक जीवन वास्तवमा समृद्ध हुने अनुसन्धानकर्ताहरूले फेला पारेका छन् । अर्को व्यक्तिसँग रहने मान्छेको तुलनामा यिनीहरूमा सामाजिक ऊर्जा धेरै हुन्छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img