काठमाडौं ।
शेयर बजारमा आज करेक्सन आएको छ । मंगलबार करिब ५५ अंकले बढेको बजार आज बुधबार १२ अंकले घटेको हो । दिनभर उतार चढावका बीच २२ सय १५ सम्म पुगको बजार १२ अंकले घटेर २१ सय ६३ मा बन्द भएको हो ।
बुधबार विभिन्न कम्पनीहरुको ३ करोड ३५ लाख कित्ता शेयर ९ अर्ब ७६ करोड रुपैयाँमा खरिद बिक्री भएको हो ।बुधबार अकिकांश उपसुचक ओरालो लाग्दा अन्य समूहमा १ प्रतिशत बढीको बृद्धि आयो भने बाणिज्य बैक, विकास बैक र लघुवित्त समूहमा सामान्य अंकको सुधार आएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??