spot_img
spot_img
spot_img

सात पालिकालाई एडिबीको २१ अर्ब सहुलियतपूर्ण ऋण, देवदहमा ३ अर्ब

spot_img

रुपन्देही ।

नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच सहरी जीवनयापन सुधार परियोजना (अर्बन रेजिलियन्स एन्ड लाइभाबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट) कार्यान्वयनका लागि सम्झौता भएको छ। अर्थ मन्त्रालय र एडिबी बीच १६ करोड अमेरिकी डलर (करिब रु २१ अर्ब बराबर)को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब रु ७० करोड बराबर) को अनुदान सम्झौता भएको हो ।अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा अर्थसचिव कृष्णहरि पुस्कर र एडिबीका नेपालका लागि देशीय निर्देशक आर्नोड कोस्वाले हस्ताक्षर गरेका हुन ।

सो परियोजना रुपन्देहीको देवदह नगरपालिका सहित लुम्बिनी सांस्कृतिक नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, पोखरा महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिकामा कार्यान्वयन हुनेछ । सम्झौता कार्यान्वयन पछि ती पालिकामा प्राकृतिक, सांस्कृतिक र सम्पदा पर्यटन सम्पदाको पुनःरुत्थान गर्न, संस्थागत क्षमतालाई सुदृढ गर्न सहयोग गरेर परिवर्तनकारी प्रभाव पार्ने अपेक्षा गरिएको छ। यस परियोजनाले सम्बन्धित नगरपालिकाको लगानी योजनामा तोकिएका प्राथमिकतासँग मिलाएर पूर्वाधार विकास गर्ने जनाइएको छ ।

परियोजना सम्झौता भए मुताविक देवदह नगरपालिकामा पहिलो चरणमा ADB ले ३ अर्ब लगानी गर्ने देवदह नगरपालिकाका प्रबक्ता गणेश डुम्रेले जानकारी दिए। पहिलो चरणमा पालिकाको पूर्वाधारमा सुधार अन्तर्गत देवदह ९ को भलुही भाटाटोल हुँदै मुखिया टोल, देवदह ४ सिगहा हुँदै नगरपालिका जाने सडक, देवदह ७ बन चौकी देखि मायादेवी पार्क हुँदै बुद्ध सर्किट सडक, देवदह ८ को बुधबारे हाटबजार देखि तिलोत्तमाको बनाह जाने सडक र देवदह ७ सित्तलनगर भवानिपुर हुँदै सोइया जाने सडकको निर्माण प्रक्रिया सुरु प्रबक्ता डुम्रेले जानकारी दिए।

सुरुवाती चरणमा सडक पूर्वाधारमा ADB ले ३ अर्व लगानी गर्ने र पालिकाको पूर्वाधारमा सुधार, पर्यटन सम्पदा र कृषि क्षेत्रमा उत्पादन बृद्दी भई पालिकाको अर्थतन्त्र र स्थानीय सरोकारवालाको क्षमता अभिवृद्धिका लागी सहयोग गर्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img