तेह्रथुम ।
तेह्रथुममा टिपर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र तीन जना घाइते भएको प्रहरीले जनाएको हो । म्याङ्लुङ–वसन्तपुर सडकखण्डको काँडेबाट लसुन बजारतर्फ आउँदै गरेको को १ ख ५८२९ नम्बरको टिपर बुधवार साँझ दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर मृत्यु हुनेमा झापाको मेची नगरपालिका–१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक घर भएका २४ वर्षीय साधु श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। टिपरमा सवार तीन जना गम्भीर घाइते भएका छन।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??