एजेन्सी ।
अहिले संसारको कयौँ हिस्सामा चिसो छ । केहीमा त भारी हिमपातका कारण मौसमसम्बन्धी चेतावनीहरू नै जारी गरिएको छ । यी सबैको असर यात्री र यातायातको साधनमा परेको छ । केही कर्मचारीले घरबाटै काम गरिरहेका छन् । केही भने सकसले अफिस पुगेर काम गरिरहेका छन् । यस्तोमा अमेरिकाको ओरेगन राज्यको पोर्टल्यान्टमा एउटा सपिङ स्टोरका हाकिमको उदारता सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
स्टोरका रफिन नाम गरेकी कर्मचारीले टिकटकमा एउटा भिडियो शेयर गरेकी थिइन् । भिडियोका अनुसार स्टोरका बोसले कर्मचारीहरु भारी हिमपातबीच चिसोले बिरामी नहुन् भन्दै एकेक गर्दै कर्मचारीहरूको घरमा पुगे सबैलाई आफ्नो गाडीमा अफिस पुर्याएको देखिन्छ । चिसोलाई विचार गरेर बोसले स्टोर बन्द गर्छन् भन्ने आशा रफिनको थियो ।
सबैले फोन गरेर बिदा लिने कोसिस गरिरहेका थिए । तर हाकिमले आफैँले गाडी चलाएर सबै कर्मचारीलाई पिक गरेको भन्दै उनले भिडियो क्लिप्मा क्याप्सन लेखेकी छन्। त्यो दिन हाकिमले सबै कर्मचारीलाई घरघरमा छाड्न गएको रफिनले कमेन्टमा भनेकी छिन् । हाकिमको हिम्म र कोसिसको आफूले सम्मान गरेको कमेन्टमा उनले लेखेकी छिन् ।
रफिनले आइतबार यो भिडियो शेयर गरेकी थिइन् । मान्छेहरूले तत्कालै यो भिडियो रिक्याशनको बाढी नै लगाए । एउटा कमेन्टमा एक युजरले ‘मेरो हाकिमले पनि एक पटक यस्तै गरेका थिए । तर हामी सबै दूघर्टनाको सिकार भयौँ ।’ लेखेका छन् । अर्का एक जनाले भने ‘यसलाई म नोकरीका लागि मान्छेका ज्यान धरापमा पार्नु भन्छु ।’ भन्ने कमेन्ट गरेका थिए ।