बुटवल ।
रुपन्देही विद्युतीय व्यवसायी संघ, देवदह नगर समितीको अध्यक्षमा होमनाथ ढकाल निर्वाचित भएका छन् । देवदह ७ स्थित पत्थरकला स्मृति पार्कमा शनिबार सम्पन्न संघको चौथो अधिवेशनले ढकाललाई अध्यक्षमा चयन गरेको हो ।
संघको उपाध्यक्षमा आत्मराम पाण्डेय, सचिवमा धन बहादुर जर्घा, सह सचिवमा हेमन्त सुनार, कोषाध्यक्षमा भोजराज न्यौपाने (मनिष) र सह कोषाध्यक्षमा कृष्ण गुप्ता निर्वाचिन भएका छन् । समितिको सदस्यहरुमा धनलाल सापकोटा, राज पराजुली र श्रवण कुमार चापागाईं रहेका छन् ।
साधारणसभालाई सम्बोधन गर्दै नेपाल बिद्युत व्यवसायी महासंघका कोषाध्यक्ष प्रकाश चन्द्र पाण्डेयले नव निवाचित समिति बधाई तथा रचनात्मक कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।