देवदह ।
देवदह नगरपालिकामा यहि माघ १२ देखि १४ गतेसम्म प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ। राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिले आज पत्रकार सम्मेलनको आयोजना गर्दै नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने बारे जानकारी दिएको हो।
प्रतियोगिता देवदह नगरपालिकाको आयोजना र देवदह मा.वि को व्यवस्थापनमा हुने भएको हो । प्रतियोगिताका लागि हाल सम्म नगरपालिका भित्रका १५ सामुदायिक र १० संस्थागत गरी २५ वटा विद्यालय दर्ता भएको नगर प्रमुख तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक ध्रुव प्रसाद खरेलले बताउनुभयो । प्रतियोगितामा करिब १ हजार विद्यार्थीले सहभागी लिने उहाले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिब १३ लाख अनुमानित खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगितामा भलिबल, कपड्डी, मार्सल आर्ट र एथलेटिक्स खेलहरु खेलाईने भएका छन् । मार्सल आर्ट तर्फ भने तेस्वान्दो र उसु खेलमा प्रतिस्पर्धाको लागि हालसम्म कुनै पनि विद्यालय दर्ता गराएका छैनन् ।