spot_img
spot_img
spot_img

चीनमा पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

spot_img

एजेन्सी ।

चीनमा पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३१ नाघेको छ। सरकारी सञ्चार माध्यमहरूले बताएअनुसार उद्धारकर्मीहरूले माटो, हिउँ र पुरिएका संरचना खोतलेर जीवितहरूको खोजीकार्य तीव्र पारिरहेको भएपनि मृत्यु हुनेको सङ्ख्या बढ्दो छ ।

सोमबार झिसमिसेमै युनान प्रान्तको लियाङशुईको एउटा हिमाली गाउँमा पहिरो जाँदा १८ वटा घर र ४७ जना पुरिएका थिए । मंगलबार रातिसम्म १३ जना अझै बेपत्ता रहेको बताइएको छ । लियाङशुइ यतिबेला तापमान शून्य डिग्रीभन्दा तल छ । हजारभन्दा धेरै उद्धारकर्मीहरू उद्धार कार्यमा खटिएका छन् ।

सो क्षेत्रबाट ९०० भन्दा धेरै मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । गाउँभन्दा करिब १५ मिटर माथिबाट पहिरो खसेको छ । ठाडो भिरबाट करिब सय मिटर फराकिलो, ६० मिटर उचाइ र ६ मिटर बाक्लो पहिरो गाउँको छेउमा खसेको थियो । पहिरो कसरी भयो भन्ने अज्ञात छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img