spot_img
spot_img
spot_img

राष्ट्रिय सभा निर्वाचनको मतदान सातवटै प्रदेशमा सम्पन्न

spot_img

काठमाण्डौ ।

राष्ट्रिय सभाका १९ सिटका लागि लागि बिहीबार सात वटै प्रदेशमा मतदान सम्पन्न भएको छ । आगामी फागुन २० गतेबाट रिक्त हुने २० मध्ये १९ सिटका लागि आज बिहीबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान भएको हो ।

कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा मतदान केन्द्र तोकिएको थियो ।

१९ सिटका लागि आठ वटा राजनीतिक दलका ४७ जना उम्मेदवार मैदानमा रहेका छन् । सबै प्रदेशमा आजै मतगणना भएर साँझसम्ममा नतिजा आईसक्ने जनाइएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img