spot_img
spot_img
spot_img

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षकाे कैद सजाय

spot_img

एजेन्सी ।

पाकिस्तानको विशेष अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई साइफर केस अर्थात् राज्यको गोप्य सूचना चुहाएको आरोपमा १० वर्षको कैद सजाय सुनाएको छ ।

अदालतको यो फैसलाले इमरान खानलाई ठूलो झट्का लागेको छ । उहाँ आमचुनावमा प्रतिस्पर्धा गर्ने तयारी गर्दै हुनुहुन्थ्यो । पाकिस्तानमा आउँदो फेब्रुअरी ८ मा आमचुनाव हुँदैछ । इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ई–इन्साफ (पीटीआई) ले विशेष अदालतलको फैसलालाई लिएर उच्च अदालतमा अपिल गर्ने बताएको छ ।

इमरान खानले आफूविरुद्ध लगाइएको आरोप आफ्नो सरकारलाई ढाल्ने अमेरिकी षड्यन्त्र भएको दाबी गर्नुभएकाे थियाे । विश्वासको मत पाउन नसकेपछि उहाँ सन् २०२२ मा उहाँ पदबाट हट्नुपरेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img