काठमाण्डौ ।
आज मंगलबार पनि सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा १४.८८ अंक बढेर नेप्से परिसूचक २११९ अंकमा पुगेको छ भने सेयर कारोबार रकम झण्डै १ अर्ब बढेको छ ।
सोमबार ४ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । कुल १५२ कम्पनीको मूल्य बढ्दा ८५ को घट्यो भने १० को स्थिर रह्यो । अन्य समूह सबैभन्दा धेरै ३.५ प्रतिशत बढ्यो । त्यस्तै ब्यापार १.७६, होटल तथा पर्यटन १.५९ र हाइड्रोपावर समूह १.४७ प्रतिशत बढेको छ ।
चन्द्रागिरि हिल्स, समाज लघुवित्त र रावा इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । सिनर्जी पावरको ८.७, सिंगटी हाइड्रो इनर्जीको ८.२, ग्रीनलाइफ हाइड्रोपावरको ७.९, विशालबजार कम्पनीको ७.६ र मकरजितुमाया हाइड्रोको ७.४ प्रतिशत मूल्य बढेको हो ।