देवदह ।
रुपन्देहीको देवदह ३ मा दोस्रो संगम खुल्ला वडा स्तरिय भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ । संगम युवा क्लबको आयोजना र देवदह नगर कार्यपालिकाको कार्यालय र देवदह नगरपालिका वडा नं ३ को सहयोगमा उक्त प्रतियोगिताको भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले खेलकुदले मानिसलाई अनुशासनमा राख्ने र भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने भएकाले देवदह नगरपालिकाले खेलकुदलाई प्राथमिकता दिएको बताउनुभयो ।
कार्यक्रममा खेलकुद विकास समिति संयोजक कमल पाण्डे, समाजसेवी कृष्ण प्रसाद ज्ञवाली लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो।
प्रतियोगितामा कूल २२ टिमको सहभागिता रहेको खेल संयोजक मिन बहादुर थारुले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टिमले नगर रु ५०,५५५ सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुने टिमले नगद ३०,३३३ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने तेश्रो हुने टिमले नगद १५,११५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष कबि ज्ञवालीको अध्यक्षता, चाहाना आमा समुहको अध्यक्ष युमाया थापाको स्वागत र क्लबका सचिव प्रीतम थापाको सञ्चालनमा सम्पन्न भएको थियो।