spot_img
spot_img
spot_img

देवदह ९ मा रहेको बाघकुमार दुर्गा मन्दिरमा महायज्ञ संचालन हुदै

spot_img

देवदह ।

रुपन्देहीको देवदह नगरपालिका वडा नं ९ भलुहिस्थित बाघकुमार दुर्गा मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरति महोत्सव-२०८० हुने भएको छ । महायज्ञ सम्पादन मुल समितिले महायज्ञ परिसरमा पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमको बारेमा जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ मुल आयोजक समितिका संयोजक रुद्र बहादुर क्षेत्रीले माघ १७ गते देखि माघ २३ गतेसम्म चल्ने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरति सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै मन्दिरको भौतिक विकास तथा समाजको विकृति विसङ्गति अन्त्य होस भन्ने हेतुका साथ मन्दिर प्राङ्गणमा कार्यक्रममा कथावाचक पं श्री चन्द्रकान्त काफ्लेको मुखारविन्दुबाट श्रीमद्भागवत कथा वाचन हुने बताउनुभयो।

२०८० माघ १६ गते पितृ स्मरण र मोटरसाईकल याली दिउँसो १ बजे, २०८० माघ १७ गते शोभा कलशयात्रा बिहान ९:०० बजे, समुउद्घाटन माघ १७ गते बिहान ११:३० बजे, प्रत्येक दिन बिहान ७ बजेबाट यज्ञमण्डप पूजा, बिहान ८ बजे बाट श्रीमद्भागवत पाठ पारायण । ११ बजे बाट ४ बजे सम्म संगितमय कथा वाचन तथा राष्ट्रिय स्तरका कलाकारहरु बाट झाँकी सहित भजन कृतन,४ बजे पछि टिका प्रसाद ग्रहण, ६:३० बजे बाट ७:३० सम्म श्रृंगारिक महा-आरती, ७:३० बजे बाट १० बजे सम्म महात्म्य कथा, भजन कृतन झाँकिप्रर्दशन,माघ २३ गते पुर्णाहुति एवम् यज्ञ समापन हुने कार्यतालिका रहेको छ । यज्ञ संचालन गर्न करिब ६० लाख रुपैयाँ लाग्ने र १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img