काठमाण्डाै ।
उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको ५६ वर्षकाे उमेरमा निधन भएको छ । उनको आज हृदयघातका कारण निधन भएको हो ।
आज बिहान साढे ८ बजेतिर हृदयघात भएपछि मरासेनीलाई उपचारका लागि कलङ्कीमा रहेकाे नेपाल नेशनल अस्पताल पुर्याइएको थियो । उहाँको उपचारका क्रममा बिहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??