spot_img
spot_img
spot_img

आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारी तिब्र

spot_img

बुटवल ।

रुपन्देहीको देवदहमा लाग्न थालेको आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवकोे तयारी तिब्र पारिएको छ ।

देवदह उद्योग बाणिज्य संघको आयोजनामा माघको २५ गतेदेखि फागुन ८ गतेसम्म संचालन हुने महोत्सवका लागि बालउद्यान, स्टल र सचिवालय निर्माणको कामलाई तिब्र पारिएको हो । मेलाका लागि कम्पाउण्ड घेर्ने काम, बालउद्यान निर्माण र सचिवालय निर्माणका काम अहिले भई रहेको छ भने स्टल निर्माणको काम पनि उत्तिकै भएको छ । मेला तथा महोत्सवमा दुई सय स्टल राख्ने गरि काम भई रहेको छ ।

महोत्सव संचालनका लागि आवश्यक पर्ने संरचना निर्माणको काम भई रहेको महोत्सव मुल आयोजक समितिका सहसंयोजक कृष्ण शाहीले जानकारी दिनुभयो। महोत्सवका लागि आवश्यक पर्ने सामग्रीहरु आई सकेको र अहिले मेलाको कम्पाउण्ड निर्माण, स्टल निर्माण र बालउद्यान निर्माणका काम तिब्र रुपमा अगाडि बढेको बताउनुभयो । त्यस्तै स्टल दर्ताको क्रम पनि तिब्र भएको संघले जनाएको छ । बुधबारसम्म एकसय पचाँस स्टलहरु दर्ता भएको स्टल दर्ता उपसमितिका संयोजक अजय भण्डारीले जानकारी दिनुभयो । उहाँले अन्य स्टल राख्ने गरि फोन र म्यासेज पनि आई रहेको बताउँदै अहिलेको महोत्सवमा दुई सय विभिन्न थरिका स्टलहरु राखिने जानकारी दिनुभयो ।

फागुन ८ गतेसम्म संचालन हुने मेलाको एक लाख दर्शकले अवलोकन गर्ने र १० करोडबढीको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ  । महोत्सव सम्पन्न गर्न ५० लाख खर्च हुने अनुमान आर्थिक संयोजक सन्तोष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img