काठमाडौं ।
आज शेयर बजार ओरालो लागेको छ । बिहिबार उतार चढावबीच बजार परिसूचक नेप्से ३० अंकले ओरालो लागेर २ हजार ६७ मा आएर थामिएको हो । मात्र वित्त समूह नगन्य अंकले हरियो रहेबाहेक बाँकी सबै समूह ओरालो लाग्यो ।
जलविद्युत समूहमा सबैभन्दा उच्च २ प्रतिशत माथिको गिरावट आउँदा अन्य समूह पनि २ प्रतिशतले घट्यो । बाँकी पनि अधिकांश समूह १ प्रतिशत बढीले घटे ।बिहीबार नेपाल स्टक एक्सचेन्जमा ३ सय ९ कम्पनीको १ करोड १५ लाख कित्ता शेयर ४ अर्ब १८ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??