spot_img
spot_img
spot_img

दोस्रो एक दिवसीयमा पनि अस्ट्रेलियाले वेस्ट इन्डिजलाई हरायो

spot_img

काठमाण्डौ ।

अस्ट्रेलियाले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भ्रमणकारी टोली वेस्ट इन्डिजलाई ८३ रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै घरेलु टोली अस्ट्रेलियाले तीन खेलको शृंखलामा २–० को अग्रता हासिल गरेको छ ।

सिड्नीमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले नौ विकेटको नोक्सानीमा दुई सय ५८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको वेस्ट इन्डिजले भने ४३.३ ओभरमा अलआउट हुनुअघि एक सय ७५ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि सिन एबटले ६९ रनको योगदान गरे । म्याथ्यू सर्टले पनि ४१ रन बनाए । एरोन हार्डी २६ रनमा आउट भए । क्यामरुन ग्रिनले ३३ रन जोडे । मार्नस लाम्बुसेनले २६ रन बटुले । क्यारेबियन टोलीका बलर गुडाकेश मोटीले तीन विकेट लिए ।
जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि केसी कार्टीले सर्वाधिक ४० रन बनाए । साई होप २९ रनमा आउट भए । रोस्टन चेज २५ रन बनाउँदै पेभेलियन फर्किए । अस्ट्रेलियाका बलर जोस हेजलउड र सिन एबोटले तीन–तीन विकेट लिए ।

एजेन्सी ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img