काठमाडौं ।
सोमबार कारोबारको अन्तिम १ मिनेटमा सेयर बजार उचालिएको छ । २ : ५९ बजेसम्म २०६४ अंकमा रहेको बजार अन्तिम १ मिनेटमा ह्वात्तै बढेर २०७६ अंकमा पुगेर बन्द भएको छ । सोमबार अन्तत: अघिल्लो दिनको तुलनामा १४.५७ अंक बजार बढेको हो ।
यस दिन १४८ कम्पनीको मूल्य बढेको छ भने ८६ कम्पनीको घटेको छ । १३ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकम भने खुम्चिएको छ । अघिल्लो दिन ३ अर्ब २१ करोडको कारोबार भएकोमा आज २ अर्ब ४३ करोडमा सीमित भयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??