बुटवल ।
लुम्बिनी प्रदेश सभाको हिउँदे अघिबेशन फागुन १८ गते शुक्रबारलाई बोलाईएको छ । संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) अनुसार मन्त्रीपरिषदको निणर्य सहित मुख्यमन्त्रीबाट प्रदेश प्रमुखलाई गरिएको सिफारिस अनुसार प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वान गर्नुभएको हो ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० फागुन १८ गते दिउँसो ३ बजे प्रदेश सभाको बैठक प्रदेश सभा भवन राप्ती उपत्यका देउखुरीमा प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??