spot_img
spot_img
spot_img

देवदहमा क्लोथ बैंक सञ्चालन हुने

spot_img

देवदह ।

रुपन्देहीको देवदहमा क्लोथ बैंक सञ्चालन हुने भएको छ। देवदह नगरपालिका, रुपन्देही र क्लोथ एण्ड फूड बैंक नेपाल बीच क्लोथ बैंक सञ्चालन गर्ने संझौता भएको हो।

क्लोथ एण्ड फूड बैंक नेपालको आयोजना, देवदह नगरपालिकाको सहकार्यमा क्लोथ बैंक सञ्चालन गर्न लागिएको नगर प्रमुख धुर्ब प्रसाद खरेलले बताउनु भयो । उहाले मानव सेवाको लागि ‘पुरानो कपडालाइ : पुन प्रयोग’ भन्ने मुल नाराका साथ सुरु हुने यो अभियानले नगर बासीको हित हुने विश्वास ब्यक्त गर्नु भयो । सोहि अवसरमा बोल्दै नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले यो अभियानको पुर्ण सफलताको शुभकामना सहित आफ्नो र नगरको तर्फ देखी साथ सहयोग रहने बताउनुभयो ।

रुपन्देही जिल्लामै पहिलो पटक सबैलाई पाएक पर्ने स्थानहरुमा सुरु गर्न लागेको क्लोथ बैंकमा आफ्नो घरमा भयका पुरानो कपडा हुनेहरूले दान गर्न सक्ने छन् भने आवश्यक पर्नेहरुले निशुल्क लिन सकिने भएको छ । क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा कपडामुक्त बनाउने र २०८२ सम्ममा देशै भर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ ।

अहिले सम्म १५४ स्थानिय सरकार यो अभियानमा जोडिएको अभियानकर्ता कमल जि सी ले जानकारी दिनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img