spot_img
spot_img
spot_img

देवदह मदर टङ्गस एकेडेमीद्वारा डस्टबिन वितरण तथा समुदाय सरसफाई अभियान

spot_img

देवदह ।

रुपन्देहीको देवदह ५ मितेरी गाउँमा अवस्थित देवदह मदर टङ्गस एकेडेमीले २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा विविध कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । यसैक्रममा समुदायमा सरसफाई सम्बन्धी सचेतना जगाउने उद्देश्यले मितेरी गाउँका विभिन्न टोलहरुमा गइ सरसफाई गरेको छ ।

माथादेवी टोल, माथागढी टोल, दुर्गा मन्दिर टोल, सुन्दर टोल र सत्यवती टोलका विभिन्न स्थानहरुमा शिक्षक र विद्यार्थीहरुको सहभागितामा फोहोर संकलन र व्यवस्थापन गरेको संयोजक शिक्षक राम प्रसाद शर्माले बताउनुभयो । सरसफाई अभियान निरन्तर चलिरहने कार्य भएकोले सभ्य र सु–स्वास्थ जीवन यापनका लागि सबैको ध्यान सरसफाईमा जानुपर्ने विद्यालयका प्रिन्सिपल राम बहादुर गुरुङले बताउनु भयो । फोहोर संकलनको क्रममा प्लाष्टिजन्य र नकुहिने फोहोरहरु यत्रतत्र भेटिएकोले हरेक व्यक्तिले तोकिएको स्थानमा फोहोर संकलन गर्नुपर्ने र जथाभावी फोहोर गर्नेलाई कार्वाही गर्नु पर्ने कार्यक्रममा सहभागी विद्यार्थीहरुको भनाइ रहेको छ । कतिपय ठाउँमा डस्टबिन राखिएता पनि प्रयोग नगरेको र कतिपय ठाउँमा धेरै दिनदेखि भरिएको डस्टबिन खाली नगरिएको भेटिएको हुँदा विद्यार्थीहरुले समुदायमा यस बिषयमा सबै जिम्मेवार बन्न आग्रह गरेका थिए ।

सोही कार्यक्रममा माथादेवी टोल बिकास संस्थाका अध्यक्ष गिता शर्मा, माथागढी टोल बिकास संस्थाका उपाध्यक्ष चेत प्रसाद रिमाल, दुर्गा मन्दिर टोल बिकास संस्थाका अध्यक्ष ठग प्रसाद भण्डारी, सुन्दर टोल बिकास संस्थाका कोषाध्यक्ष डिला रेश्मी र सत्यवती टोल बिकास संस्थाका शान्ति परियारलाई विद्यालयको तर्फदेखि डस्टबिन वितरण गरिएको थियो । कार्यक्रम विद्यालयका प्रिन्सिपल राम बहादुर गुरुङको अध्यक्षता र भाइस प्रिन्सिपल यमलाल शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img