रुपन्देही ।
रुपन्देहीको ओमसतिया गाउँपालिकाको १४औं अधिवेशन आज शनिबारदेखि सुरु भएको छ। १४औं गाउँसभाले एक वर्ष अघिको अधिवेशनमा पेश भएका केही योजनाहरुलाई संशोधन गर्ने प्रस्ताव राखेको छ । पालिकाकी उपाध्यक्ष सुनिता चौधरीले गत बर्षको अनुमानित नगद मौज्दात रकमको तुलनामा यथार्थ मौज्दात रकम बढी देखिएकोले केही योजना तथा कार्यक्रमहरु थप गर्नु परेको र केही योजना तथा कार्यक्रमहरुलाई संशोधन गर्नुपरेको बताउनुभएको छ ।
उहाले चालु खर्च, पूंजिगत खर्च र बित्तिय ब्यवस्थाको रकम समेत गरि गत अधिवेशनमा पेश भएको ४७ करोड ६६ लाख ९६ हजार १ सय ७ रुपैयालाई संशोधन गर्दै यस अधिवेशनबाट ४८ करोड ५० लाख ८१ हजार १ सय ७ रुपैया पेश गर्नु भएको छ। । चौधरीले वडा स्तरबाट नै केही योजनाहरु परिवर्तन गरिएको र यसलाई छलफलबाट पारीत गरिने जानकारी दिनुभयो ।