spot_img
spot_img
spot_img

देवदहमा अन्तर विद्यालय शिक्षक, कर्मचारी भलिवल प्रतियोगिता शुरु

spot_img

देवदह ।

रुपन्देहीको देवदहमा अन्तर विद्यालय शिक्षक, कर्मचारी भलिवल प्रतियोगिता शुरु भएको छ । देवदह मदरटङ्गस एकेडेमीले आफनो २५ औं बार्षिकोत्सव तथा रजत महोत्सवको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरेको हो।

प्रतियोगितामा देवदह क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको एक कार्यक्रमका वीच प्याव्सन रुपन्देहीका सहसचिव बोधराज गौडेलले उद्घाटन गर्नु भएको हो । प्रतियोगिताको उद्घाटन गर्नै गौडेलले शिक्षाको विकासमा नीजि विद्यालयहरुको अह्म भूमिका रहेपनि नीजि क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण फरक रहेको बताउनु भयो । उहाले नीजि क्षेत्रले शिक्षामा गरेको लगानी राज्यले संरक्षण गर्नुपर्ने बताउदै सामुदायिक र संस्थागत विद्यालयलाई सम्मानजनक तरिकाले व्यवहार गर्नुपर्नेमा जोड दिनु भयो ।

विद्यालयका प्रवन्ध निर्देशक भिमप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा देवदह प्रेस क्लवका अध्यक्ष विष्णुप्रसाद पोखरेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । विद्यालयका प्रिन्सिपल रामबहादुर गुरुङ्गको स्वागत र सहायक प्रिन्सिपल यमलाल शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिता अन्तर्गत भएको खेलमा सेभेनस्टार बोडिङ्ग स्कुल, देवदह मदरटङ्गस एकेडेमी, न्यू लुम्विनी बोडिङ्ग स्कुल, देवदह बोडिङ्ग स्कुल दोश्रो चरणमा प्रवेश गरेको विद्यालयले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img