spot_img
spot_img
spot_img

सन् २०२३ मा अमेरिकाले ८ लाख ७८ हजार विदेशीलाई दियो नागरिकता

spot_img

एजेन्सी ।

सन् २०२३ मा अमेरिकाले ८ लाख ७८ हजार विदेशीलाई नागरिकता दिएको छ । युएस सिटिजनसीप एण्ड इमिग्रेसन सर्भिसको प्रतिवेदनअनुसार सन् २०२३ मा विश्वभरबाट ८ लाख ७८ हजार ५ सय विदेशीले अमेरिकी नागरिकता लिएका हुन् । प्रतिवेदनअनुसार मेक्सिन १२.७ प्रतिशत, भारतीय ६.७ प्रतिशत, फिलिपिन्स ५.१ प्रतिशत, डोमिनिकन ४ प्रतिशत र क्युबाका ३.८ प्रतिशत नागरिकलाई अमेरिकाले नागरिकता दिएको छ ।  नागरिकता लिनेहरूमा मेक्सिकन १ लाख ११ हजार ५ सय, भारतीय ५९ हजार १ सय, फिलिपिनी ४४ हजार ८ सय, डोमिनिकन ३५ हजार २ सय जना छन् ।

त्यस्तै, क्युबाका ३३ हजार २ सय, भियतनामी ३२ हजार ८ सय, चिनियाँ २५ हजार ८ सय, एल सल्भाडरका २१ हजार १ सय, जमाइकाका २० हजार २ सय, कोलम्बियन १७ हजार १ सयले अमेरिकी नागरिकता लिएका छन् । यीबाहेक अन्य देशहरूबाट ४ लाख ७७ हजार ८ सयले नागरिकता लिएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img