spot_img
spot_img
spot_img

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घट्यो

spot_img

काठमाण्डौ ।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। आज बिहीबार नेप्से परिसूचक १४.४६ अंक घटेर २०६२.०३ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ इण्डेक्स १.२१ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन ३०५ स्टकको ८१ हजार ५६ पटकको कारोबारमा ३ बर्अ ८६ करोड ९१ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको शेयर १० प्रतिशत बढेर कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स नै शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन समाज लघुवित्तको साढे ११ करोड बराबरको शेयर कारोबार भएको छ भने जोशी हाइड्रोपावरको कारोबार रकम साढे १० करोड नाघेको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img