देवदह ।
मातृभाषालाई राज्यले विभेद गर्दा मातृभाषा लोपहुदै गएको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा वोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले मातृभाषा, लिपी राज्यको गहना भएकोले यसको संरक्षण गर्ने दायित्व राज्यको भएको बताएका थिए ।
देवदह मदरटङ्गस एकेडेमी देवदह–५, ले २५औं बार्षिकोत्सव तथा रजत महोत्सवको अवसरमा आयोजित मातृभाषा सम्वन्धी अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन। कार्यक्रममा बोल्नेहरुले मातृभाषा संरक्षण, सम्वद्र्धन गर्न सके रोजगार समेत सृजना हुनेमा जोड दिएका थिए । उनीहरुले हरेक विद्यालयमा मातृभाषामा शिक्षा प्रदान गर्न सकेमात्र यसको संरक्षण, सम्वद्र्धन हुनेमा जोड दिएका थिए । उनीहरुले मातृभाषा संरक्षण, सम्वद्र्धनमा राज्यले लगानी गर्न नसकेको बताउदै विदेशी भाषालाई प्राथमिकता दिएका कारण मातृभाषा लोपहुदै गईरहेको बताएका थिए । उनीहरुले मातृभाषा, संस्कार, संस्कृतिको संरक्षण सम्वद्र्धनले मात्र जातीय पहिचान स्थापित हुनेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका, नगर शिक्षा अधिकारी टिकाराम शर्माले संविधानले मातृभाषामा शिक्षा लिन पाउने अधिकारी प्रदान गरेको बताउनु भयो । उहाले देवदह नगरपालिकाले लागु गरेको स्थानीय पाठ्यक्रममा मातृभाषालाई समेत जोडेर शिक्षा प्रदान गर्न सकिनेमा जोड दिनु भयो । उहाले मातृभाषा संग संस्कृति जोडिएकोले मातृभाषामा शिक्षा प्रदान गर्न आवश्यक रहेको औल्याउनुभयो ।
सोही अवसरमा बोल्दै नेपाल मगर संघका केन्द्रिय सहअध्यक्ष दलबहादुर विरकट्टाले मातृभाषाले कानुनी मान्यता नपाएका कारण संरक्षण, सम्वद्र्धन हुन नसकेको बताउनुभयो । उहाले औपचारिक शिक्षाको माध्यमबाट मातृभाषा संरक्षण, सम्वद्र्धन गर्न सकिने बताउदै त्यसको लागि निर्वाचित जनप्रतिनिधिहरुले पहल गर्न आवश्यक रहेको बताउनु भयो । उहाले नेपालका राज्यसत्ता संचालकहरुले कानुन बनाएर मातृभाषा मार्ने काम गरेको आरोप लगाउनुभयो ।
यसैगरी तमु भाषा विद् ठाकुरजंग गुरुङ्गले भाषा, हराए संस्कृति हराउने र संस्कृति हराए जातीय पहिचान हराउने हुदा संरक्षण, सम्वद्र्धृनमा सवै लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले देवदह मदरटङ्ग एकेडेमीले विगत २५ बर्षदेखि मातृभाषा संरक्षण गर्ने गरी काम गरिरहेको बताउदै अवका दिनमा विद्यालयलाई भाषिक सिकाई केन्द्रको रुपमा विकास गर्दै जानु पर्नेमा जोड दिनु भयो । उहाले वालवालिकालाई मातृभाषामा शिक्षा प्रदान गर्न सकेमात्र शिक्षाले फड्को मार्ने दावी गर्नुभयो।
देवदह मदरटङ्गस एकेडेमीका प्रवन्ध निर्देशक एवं गुरुङ्ग भाषाका अभियन्ता भिमप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रिय सदस्य पुरन गुरुङ्ग, देवदह नगरपालिका–६, का वडाअध्यक्ष खेमबहादुर थापा, २ का वडाअध्यक्ष दलबहादुर साकासकोटी, नेपाल आदिवासी÷जनजाति महासंघ देवदहका अध्यक्ष मिना श्रेष्ठ, ब्राहमण सेवा समाज देवदहका उपाध्यक्ष देवु भट्टराई, नेपाल मगर संघ देवदहका अध्यक्ष मनबहादुर राना, कुमाल सेवा समाजका कृष्ण कुमाल, नेवाःपुचः देवदहका अध्यक्ष कुशल श्रेष्ठ, देवदह प्रेस क्लवका अध्यक्ष विष्णुप्रसाद पोखरेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । विद्यालयका प्रिन्सिपल रामबहादुर गुरुङ्गको स्वागत र सहायक प्रिन्सिपल यमलाल शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।