काठमाण्डौ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलाेचक मानिएका एलेक्सी नभाल्नीकाे जेलमा आज निधन भएकाे कारागार प्रशासनले जनाएकाे छ ।
४७ वर्षीय प्रतिपक्षी नेता नभाल्नीलाई केही समययता ठाउँसारी गरेर आर्क्टिक सर्कल जेलमा राखिएको थियो । केहीबेर हिँडेपछि बिरामी भएका नभाल्नी अचेत भएका र तत्कालै आपत्कालीन सेवालाई खबर गरे पनि बचाउन नसकेकाे बीबीसीले जनाएकाे छ । नभाल्नीकाे मृत्युकाे कारण पहिचान गर्ने प्रयास भइरहेकाे खबरमा उल्लेख छ।
नभाल्नीलाई १९ वर्षको जेल सजाय सुनाइएको थियो । कतिपयले उनलाई लगाइएका अभियोगहरू राजनीतिक रूपमा प्रेरित भएको बताएका थिए ।
एजेन्सी ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??