रुपन्देही ।
रुपन्देहीमा रहेको हरैया बहुमुखी क्याम्पसको १७औं बार्षिक उत्सव सम्पन्न भएको छ। क्याम्पसको बार्षिक उत्सव समापन समारोहको उद्घाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चन गाउँपालिकालाई उच्च शिक्षाको मुख्य केन्द्र बनाउन हरैया बहुमुखी क्याम्पसको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । उच्च शिक्षा हासिल गरेका बिधार्थीहरुबाट निराशा नभई देशमै बसेर केही गर्न सकिन्छ भन्ने भावनाको बिकास गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
यस्तै कञ्चन गाउपालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कंचन को आसपास रहेका छात्रछात्राहरु जो घरबाट बाहिर निस्किन सकिरहेका छैनन, उनिहरुको लागि उच्च शिक्षा हासिल गर्ने उत्कृष्ट गन्तव्य हरैया बहुमुखी क्याम्पस बनेको बताउनुभयो ।
हरया बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रकाश खनालले क्याम्पसको बार्षिक शैक्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा अमर रोका, हरैया बहुमुखी क्याम्पस ब्यबस्थापन समितिका निवर्तमान अध्यक्ष लिला कुमारी पौडेल, मोहम्मद इश्लाम, प्रेमचन्द्र पोख्रेल, हिमा बेलवासे लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा क्याम्पस संचालनका लागि सहयोग गर्नु हुने आजिवन क्याम्पस सभा सदस्यहरुलाई सम्मान गरिएको कार्यक्रममा क्याम्पसबाट उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने बिधार्थीहरुलाई समेत सम्मान गरिएको कार्यक्रममा बिधार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुती राखेका थिए ।
क्याम्पस संचालन समितिका अध्यक्ष चुडामणी शर्माको अध्यक्षता तथा उपाध्यक्ष लेखनाथ पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा लेखापाल कपिलमणी पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
शिक्षा शास्त्र र ब्यबस्थापन शास्त्र संकाय अध्ययन अध्यापन हुदै आइरहेको उक्त कयाम्पसमा करिब ७ सय बिधार्थीहरु अध्ययनरत छन।