spot_img
spot_img
spot_img

२०८० फाल्गुन ०८ गते मंगलबारको राशिफल

spot_img

मेष :घरायसी समस्या बढ्नेछ। अरूको विश्वास घट्नेछ। पढाई लेखाइमा प्रगति हुनेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । वैदेशिक यात्रा हुनसक्छ। मित्रजनहरुबाट सहयोग प्राप्त हुदा धेरै काम बन्न सक्छ ।

वृष : व्यावसायिक अल्झन देखा परेपनी कार्यमा उत्साह बढ्नेछ। प्राविधिक क्षेत्र सबल बन्नेछ । कला क्षेत्रमा सुधार आउनेछ। पारिवारिक समय रहेको छ भने घरपरिवारमा कसैको आगमन पनि हुनसक्छ।

मिथुन: रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । साहित्यिक क्षेत्रमा प्रगति हुनेछ । अनावश्यक चिन्ता बढ्नेछ। मनग्य आम्दानी हुनेछ ।आत्मबल वृद्धि हुदा चुनौतीहरु पार लाग्नेछन।

कर्कट :सुखदुखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। कामहरु रोकिएको काम प्रति उत्साह कम हुनेछ। लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ। दिनको मध्य संगै थकाइ बढ्नेछ।

सिंह :आँटेका काम बन्नाले जोश जाँगर बढ्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ।कसैको यात्राको खबरले उत्साहित बनाउनेछ।

कन्या :प्रतिभा प्रदर्शन गरेरै धेरैलाई अचम्मित पार्न सकिनेछ। ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ।आफ्ना कार्यक्षेत्रमा अब्बल प्रदर्शन गर्ने समय रहेकोछ।

तुला :रोकिएका अधुरा कामहरु पूरा हुनेछन भने नयाँ काम शुरु गर्ने योग रहेको छ । विभिन्न क्षेत्रमा लगानी बढ्नेछ। मनग्य धन आर्जन हुनेछ । आजका दिन सेयर बिक्रेताका लागि उत्तम बन्न सक्छ।

वृश्चिक : घरायसी काममा अलमल बढनेछ । अरूको विश्वास सजिलै जित्न सकिनेछ ।मन एक्दम आतुर रहनेछ । स्वास्थ्यमा बिशेष ध्यान दिनुहोला । यात्राको लागि समय राम्रो देखिदैन। अध्ययन अध्यापनमा आंशिक सुधार आउनेछ।

धनु :धार्मिक कार्यमा रुचि बढ्नेछ । सिर्जनात्मक कार्य हुनेछन्। मानसिक चिन्तन एवं पराक्रम बढ्नेछ । परोपकारी काममा समय बित्नेछ । आफ्ना अल्झनहरु सहजै पार हुनेछन । बिबाद एवम मुद्दामा बलियो साथ मिल्नेछ।

मकर :आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। टाढिएका साथीभाइ नजिकिनाले सुखदुखमा साथ दिनेहरू भेटिनेछन्। काममा विभिन्न अवसर पाइनेछ।गुप्त समस्याले सताउन सक्छ । बिबादास्पद कुराबाट पर रहेको राम्रो।

कुम्भ :फाइदा हुने काम प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ। आँट गर्दा जटिल काम समेत सफल हुन सक्छ। बौद्धिक क्षमता वृद्धि हुने छ। सम्मान प्राप्तीको योग बनेको छ।

मीन :घरमा बिबाद एवम समस्या उत्पन्न हुन सक्छ।आजको दिन एक्दम साम्य भएर बसेको राम्रो हो । ब्याकुल्ताले दुखित बनाउछ। अपमान र असहिय वचन सुन्न समेत पर्न सक्छ। बहान लाभ एवम नयाँ स्थानमा जानलाई भने उत्तम छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img